रामेछाप बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

पालिका डायरी
२१ असार २०७९, १३:३९
रामेछाप बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन्।

गम्भीर घाइते तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको रामेछाप प्रहरी कार्यालयले जनाएको छ।

सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए। दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको उनले बताए।

बस दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको र बाँकी घाइतेलाई एम्बुलेन्सबाट काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको उनले बताए।

 

प्रतिक्रिया