देशका विभिन्न नदीमा पानीको सतह बढ्ने, सतर्क रहन अपिल

पालिका डायरी
२१ असार २०७९, ०९:२१
Og?jf, @* c;f/ -/f;;_ ;Ktsf]zL gbLdf kfgLsf] axfj a9]kl5 vf]lnPsf] 9f]sf . t:jL/ M clhts’df/ emf

आज मंगलबार देशका विभिन्न नदीमा पानीको सत बढ्ने भएको छ। अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला भएर बहने नदी तथा खोलामा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दोलखा, सिन्धुपाल्चोक, बाग्लुङ भएर बहने नदीमा पनि पानीको सतह बढ्नेछ। ठूला नदीमा भने आगामी तीन दिन सतर्कता तहभन्दा तलै बहाव रहने महाशाखाले जनाएको छ।

मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका केही नदी तथा खोलामा पानीको सतह बढ्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया