बाघझोराको ग्राबेल हटाउन राष्ट्रिय युवा संघ भीमफेदीद्वारा सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण

पालिका डायरी
२० असार २०७९, २०:०८

राम कुमार दानी

हेटौंडा /  राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँ कमिटिले सडक डिभिजन कार्यालय हेटौंडालाई ध्यानाकर्षण गराएको छ ।

हेटौंडा – भैसे – भीमफेदी सडकखण्ड अन्तरगत पर्ने बाघझोरामा बर्षाको कारण झण्डै दुई हप्दादेखि थुप्रिएको ग्राबेल नहटाएको कारण सडकमा सवारी आवत जावत गर्न कठिन भएको प्रति सडक डिभिजन कार्यलय हेटौंडाले नदेखेभंै गरेको भन्दै ध्यानाकर्षण गराएको हो । सोमबार सडक डिभिजन कार्यालय हेटौंडाका कर्मचारी मदन श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालीका कमिटिको अध्यक्ष बादल सिलवालको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्लाकमिटी सचिवालय सदस्य अनिल अधिकारी, जिल्ला सदस्य सुदिप चिमोरिया लगाएतको टिमले आज ध्यानाकर्षण पत्र वुझाएको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै सडक डिभिजन कार्यालयले तत्काल पहिरो तथा ग्राभेल हटाउने प्रतिवद्धता व्यतm गरेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले ध्यानाकर्षण पत्र बुज्दै बाघझोरामा रहेको ग्राबेल हटाउन तत्काल लोडर पठाएको पनि राष्ट्रिय युवा संघ नेपाल भीमफेदिका अध्यक्ष बादल सिलवालले पालिका डायरीलाई जानकारी गराए । सिलवालले यस्तो व्यस्त राजमार्ग अबरोध हँुदा पनि अबरोध हटाउन ध्यानाकर्षण गराउनु पर्ने भए पछि सडक डिभिजन लगाएत सम्बन्धित निकायको ध्यान नजानु दुखद् भएको बताए ।

प्रतिक्रिया