नेपाल मगर संघ मकवानपुरको १५औं पुर्ण वैठक सम्पन्न : साउन २७ गते जिल्ला अधिवेशन गर्ने

पालिका डायरी
१८ असार २०७९, २०:३३

हेटौंडा / नेपाल मगर संघको १५औं वैठक सम्पन्न भएको छ । हेटौंडा २ स्थित ओशिन रेष्ट हाउसको सभाहलमा अध्यक्ष होम वहादुर रानाको अध्यक्षतामा वसेको पुर्ण वैठकले नेपाल मगर संघ जिल्ला समन्वय समितिको यही साउन २७ गते अधिबेशन गर्ने निर्णय भएको हो । अधिवेशनको लागी आर्थिक समिति गठन गर्ने निर्णय पनी भएको छ । त्यसैगरी भातृ संगठनहरु साउन २१ गते र र स्थानियतह कमिटिको १४ गते संयुक्त सम्मेलन गर्ने मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङले वताए ।

त्यसैगरी आज नेपाल मगर संघले सम्मान कार्यक्रम पनि गरेको छ । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी(छिन्तु)को प्रमुख आतिथ्यतामा नेपाल मगर संघको १२औं राष्ट्रिय माहाधिवेशन वाट सचिव सोसरह अनुशासन विभागको संयोजकमा निर्वाचित अशोक सारुमगर र केन्द्रिय सदस्यमा निर्वाचित र मकवानपुर ईन्चार्ज अमृता थापा मगरलाई पनि सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्ष भूपेन्द्र राना मगर , नेपाल मगर युवा संघमकवानपुरको अध्यक्ष उपेन्द्र राना मगर, नेपाल मगर महिला संघ मकवानपुरको अध्यक्ष डेमिज थापामगर, नेपाल मगर बिद्यार्थी संघ मकवानपुरको अध्यक्ष शिव पुलामी मगरको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया