मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

पालिका डायरी
१८ असार २०७९, १६:०५
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

सुनसरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

हिजो बेलुका पौने ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदा भारतकाे बिहार घर भएका ५० वर्षीय लालु प्रसाद विश्वासको मृत्यु भएको हो।

उनकाे बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा गए राति साढे ८ बजे मृत्यु भएको थियो। मोटरसाइकल चालक काठमा नागर्जुन नगरपालिका – ८ बस्ने २६ बर्षीय सुभाष तामाङ र पछाडि सवार संखुवासभा शभापोखरी गाँउपालिका ६ बस्ने २५ बर्षीया शिखा लिम्बु समेत घाइते भएका छन्।

घाइतेकाे खनार स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया