नेकपा एकीकृत समजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु

पालिका डायरी
१८ असार २०७९, १५:४९

सत्ता साझेदार नेकपा एकीकृत समजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।

पर्टी कन्द्रीय कार्यालय आलोकनगरमा प्रदेश संसदीय दलको बैठक सुरु भएको हो। बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि अध्यक्ष माधवकुमार नेपाल ढिलो गरी काठमाडौँ फर्किएकाले बैठकमा ढिलाई भएको बताइएको छ। उनी प्रधानमन्त्री शेरबहादुर देउवा, अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ निजगढ विमानस्थल अवलोकनमा गएका थिए।

बागमती प्रदेश सरकार परिवर्तनसम्बन्धी हल्ला भइरहँदा अध्यक्ष नेपालकै उपस्थितिमा सुरु भएको प्रदेश संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सो सहमतिअनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद नछाडेपछि माओवादी र कांग्रेसका सांसदहरुलाई हस्ताक्षर संकलन गरिसकेका छन्। मुख्यमन्त्री पाण्डेले भने केन्द्रको निर्णय जे हुन्छ आफू त्यही गर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया