कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो- प्रधानमन्त्री देउवा

पालिका डायरी
१८ असार २०७९, १३:२८
कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो- प्रधानमन्त्री देउवा

हेटौंडा / प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्।

सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुगेका प्रधानमन्त्री देउवाले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन्।

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको बताए। उनले दुई वटा रनवे सहितको विमानस्थल बनाइने भन्दै कम क्षतिमा जसरी पनि विमानस्थल बन्ने दाबी गरे। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको जिकिर गरे। उनले सर्वोच्च अदालतबाट विमानस्थल अवरूद्ध गर्ने कुनै आदेश नआएको स्पष्ट पार्दै विमानस्थल बनेरै छोड्ने बताए।

यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउने विषयमा सर्वोच्च अदालतको फैसलाले बाटो खुलेको बताए।

प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता बारा पुगेका छन्न्।

प्रतिक्रिया