भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

पालिका डायरी
१८ असार २०७९, १२:५०
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।

१९ वर्षीया भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा धुर्कोट गाउँपालिका ६ स्थित ३५ वर्षीय जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले यही असार १४ गते दिउँसो ३ बजे गोठमा भाइबुहारीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया