एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा आवेदन दिने अन्तिम मिति कहिले ?
![एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा आवेदन दिने अन्तिम मिति कहिले ?](https://www.palikadiary.com/wp-content/uploads/2022/07/HIDCL.webp)
असार ५ गतेबाट जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले कुल ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । लिलामीमा आवेदन दिने अन्तिम मिति असार १९ गते रहेको छ |
लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ |
साथै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि यसमा आवेदन दिन सकिनेछ |
![](https://www.palikadiary.com/wp-content/uploads/2025/01/jado-suchana-kailash_page-0001-scaled-copy.jpg)