हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?

पालिका डायरी
१८ असार २०७९, ११:३९
ग्रीन भेञ्चर्स लिमिटेडकाे आईपीओ खुला

कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्कासन गरेको छ | यस आइपीओमा असर १९ गतेसम्म आवेदन दिन सकिनेछ |

असार १५ गतेदेखि निष्कासन हुने आइपीओमा ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि, ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि र १८ लाख ३० हजार ४ सय ७९ कित्ता सर्वसाधारणको लागि छुट्याईएको छ । यसको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ |

कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो ।

प्रतिक्रिया