जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी, ५ जनाको अवस्था गम्भीर

पालिका डायरी
१६ असार २०७९, १२:२४

बुटवल / जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगर र वडा नम्बर १२ नयाँगाउँका १५ जना बिरामी भएका हुन्।

उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। रिमा विक, कमला विक, दुर्गा विक, गिता सेन र मिना सेनको अवस्था गम्भीर रहेको उनले बताए।

उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइसियूमा उपचार भइरहेको छ। अन्य बिरामीको अवस्था सामान्य रहेको छ। बुधबार जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए।

प्रतिक्रिया