बागमती प्रदेश सभामा पालैपालो हाँसो, सरकारमा रहेका मन्त्री कै प्रश्नै प्रश्न

पालिका डायरी
१५ असार २०७९, १९:५४
बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा  / बुधबार सञ्चालन भैरहेको बागमती प्रदेश सभा एक्छिनद हाँसोमय बन्यो । सांसदको जवाफ दिन रोस्टममा बोलिरहेका मन्त्रीले प्रदेश सरकारलाई नै प्रश्न गर्न थालेपछि हाँसोमय बन्न पुगेको हो ।

हाल सञ्चालन भैरहेको बागमती प्रदेश सभामा विनियोजन विधेयक २०७९ को छलफलका क्रममा बागमती प्रदेशका भूमि व्यवस्था सहकारी तथा निवारण मन्त्री बलराम पौडेलले बजेट पुगेन, अधिकार पाइएन भन्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेललाई प्रश्न गर्न थालेपछि प्रतिपक्षदलका सांसदहरुले समेत हाँस्दै टेबल ठटाउँदै मन्त्री पौडेलको भनाइलाई सहमती जनाए ।

बागमती प्रदेश सभामा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षक अन्र्तगतको भूमि व्यवस्था सहकारी तथा निवारण मन्त्रालय माथिको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले मन्त्रालयको नाम अनुसारको मन्त्रीलाई अधिकार नभएको भन्दै प्रदेश सरकारसँग अर्थ व्यवस्थाको दायरा बढाइदिन माग गरेका हुन् । मन्त्री पौडेलले भने,‘ मन्त्रालयको नाम सुन्दा गज्जव सुनिन्छ । तर मन्त्रालयको नाम जस्तो काम र अधिकार भएन । अधिकार दिनुपर्यो पहिला । भूमि व्यवस्था भनेको छ, भूमिमा केहि गर्न पाइँदैन । गरिबी निवारण भनेको छ । गरिबी निवारण गर्न त पाइन्थ्यो होला तर बजेटको व्यवस्था छैन ।

त्यसकारण गर्दा मन्त्रालयको नाम जस्तै अधिकार दिन पनि आवश्यक छ ।’ मन्त्री पौडेलले मन्त्रालयका लागि छुट्याएको बजेट एउटा गाउँपालिकाको जति पनि नभएको समेत बताए् । मन्त्री पौडेलले यति बताइरहँदा हाँस्दै टेबल ठोकिरहेका प्रमुख प्रतिपक्ष दलका सांसदहरुको मुख र हात त्यतिबेला बन्द भयो जब, रोस्टममा बोलिरहेका मन्त्रीको प्रश्न अघिल्लो सरकारतर्फ मोडियो । बिभागिय मन्त्रीले पनि प्रश्न गर्यो भन्ने कुरा होइन । कहिँ थपघट गर्ने ठाउँ छ भने थप्दिन पर्यो भन्न पाइन्नँ र, भूमि व्यवस्था सहकारी तथा निवारण मन्त्री पौडेलले भने । यतिबोलुन्जेल प्रतिपक्षको हाँसो र सरकार पक्षमा मौनता छाइरहेको बेला जब मन्त्री पौडेलको बोली फेरियो तब हाँसोको स्थान पनि फेरिन पुग्यो ।

मन्त्री पौडेलल सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा अन्त्यमा नेकपा एमालेका प्रदेश सभा सदस्य केशव राज पाण्डेको प्रश्न, देशको तेस्रो स्थान ओगेटेको सहकारीका लागि मन्त्रालयले केहि गर्न सकेन भन्ने प्रश्नमा उनले हाँस्दै उत्तर दिदैं भने, म मन्त्री भएको त भर्खर ५ महिना त भयो । तँपाईको सरकारले ४ बर्ष मन्त्रालय चलाउँदा चाँहि के गर्नुभयो ? मन्त्री पौडेलले उल्टै प्रश्न गरेपछि सरकार पक्षका सांसद तथा मन्त्रीहरुमा हाँसो मच्चियो । प्रमुख प्रतिपक्ष दलका सांसदहरुको मुहारमा मौनता छाउन पुग्यो ।

प्रतिक्रिया
bagamati