वर्षातका कारण इन्द्रसरोवरमा २ दिन बिद्यालय बिदा

पालिका डायरी
१५ असार २०७९

हेटौंडा  / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले वर्षातका कारण दुई दिन बिद्यालय बिदा गरेको छ ।

लगातारको वर्षातका कारण बिद्यालय जाने बालबालिका बाढीपहिरोको जोखिममा पर्न सक्ने भन्दै असार १६ र १७ गते पालिकाभित्रका सबै बिद्यालय बिदा रहने जनाएको हो ।

पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले वर्षे बिदामा मिलान हुने गरि बिदाको सूचना प्रकाशित गरेका हुन् ।

प्रतिक्रिया
20220509_131118