रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले सुरु गर्याे माईग्रेन्ट कृषि मार्ट

पालिका डायरी
१५ असार २०७९
रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले सुरु गर्याे माईग्रेन्ट कृषि मार्ट

हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडामा असार १५ गतेबाट माईग्रेन्ट कृषि मार्ट संचालनमा आएको छ ।

रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले हेटौंडा ५ पिप्लेमा कृषि मार्ट संचालन गरि आज बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मार्टको औपचारिक उद्घाटन गरेका हुन् ।

माईग्रेन्ट कृषि मार्टका अध्यक्ष सरोज पुडासैनीको अध्यक्षतमा मार्टको उद्घाटन भएको हो । वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको समूहबाट मार्ट सन्चालनमा आएको हो । प्रमुख अतिथी तथा बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमण्ी पौडेलले यो मार्ट सन्चालनमा आउदा मकवानपुरका किसानहरु बिचौलिया बाट हैरानी हुन नपर्ने बिश्वास ब्यक्त गरे ।

रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले सुरु गर्याे माईग्रेन्ट कृषि मार्ट

वैदेशिक रोजगारबाट स्वदेश फिर्ता भएका २५ जनाको एकएक लाख गरेर २५ लाखको लगानी गरेर मार्ट सन्चालनमा ल्याएको सन्चालक तथा कार्यक्रमको सभा अध्यक्ष सरोज पुडासैनीले बताए । पुडासैनिका अनुसार मार्टमा स्वदेशमा किसानले उत्पादन गरेको कृषिजन्य उपजहरु राखिनेछ । किसानले उत्पादन गरेको उपजहरुलाई उचित मूल्य दिने र विचौलियाहरुको अन्त्य गर्ने रिटर्नी माईग्रेन्टको उदेश्य रहेको पुडासैनीले बताए ।

विदेशबाट आर्जित सीप, ज्ञान र पुजी स्वदेश सदुपयोग गर्नुपर्ने बताउँदै उनले आफुहरुले विभिन्न योजना अनुसार कामहरु गर्दै आएको बताए । उनले मार्ट सङ्गै कृषि सहकारिको पनि सुरुवात गरेका छौ यसबाट ब्याबसायिक कृषकहरुलार्इ सहुलियत ब्याज दरमा ऋण लगानी गरि कृषि पेशामा आत्मनिर्भर बनाउने पनि जानकारी गराए ।

रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले सुरु गर्याे माईग्रेन्ट कृषि मार्ट

प्रतिक्रिया