हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ जोड्ने सडक अवरुद्ध

पालिका डायरी
१५ असार २०७९, १६:३९

हेटौंडा /  वर्षा संगै पहिरोको कारण हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ जोड्ने छोटो सडक मार्ग अवरुद्ध भएको छ ।

बुधबार दिउँसो भीमफेदी-४ केराघारीमा वर्षा संगैको पहिरोले हेटौंडा काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसैगरि,उनले हेटौंडा काठमाण्डौ जोड्ने सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर ३ रामचन्द्र भञ्ज्याङमा पहिरोले सडक अवरद्ध भएको जानकारी दिए । दुबै स्थानको पहिरो पन्छाउने कार्य भईएको प्रवक्ता कार्कीको भनाई छ ।

 

प्रतिक्रिया