मकवानपुरबासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
हेटौंडा / जिल्ला प्रशासन कार्यालय मकवानपुरले स–साना नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मकवानपुर आसपास भइ बग्ने स–साना नदिहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूवानुमान रहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आज दिउँसो र राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । बागमती प्रदेशको धेरै स्थानहरुमा भारी तथा एक, दुई स्थानमा धेरै भारी बर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया