हेटौंडा–९ मा बृक्षारोपण

पालिका डायरी
१४ असार २०७९

हेटौंडा / मदन भण्डारी फाउन्डेसनको मकवानपुरको आयोजनामा आज हेटौंडा उपमहाँनगरपालिका वडा नम्बर–९ बेथखाेल्सीकाे पार्कमा बृक्षा रोपण गरिएको छ । जननेता मदन्भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दिपक निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा मदनभन्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । बिभीन्न जातका बिरुवाहरु रोपिएको थियो ।

प्रतिक्रिया