हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसम्वाद

पालिका डायरी
१४ असार २०७९, ११:०४
हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसम्वाद

हेटौंडा / प्रेस चौतारी मकवानपुरको आयोजानमा हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । जननेता मदन्भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम गरिएको हो ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा मदन्भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला तथा प्रदेश स्तरका नेताहरु, प्रेस चौतारी बागमती प्रदेशका महासचिब प्रकास दाहाल लगायतकाले कार्यक्रममा मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागि अतिथीहरुले मदन्भण्डारीले त्यतीबेला गरेको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया