वाग्मती प्रदेशसभाको बैठक बस्दै

पालिका डायरी
१४ असार २०७९
बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नुहुनेछ ।

हेटौंडा / वाग्मती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध हटेसँगै सोमबारदेखि प्रदेशसभामा सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । आज पनि छलफल जारी रहनेछ ।

प्रतिक्रिया