सांसदको प्रश्न : सिंहदरबारबाट एलपी ग्यास कहिले विस्थापित हुन्छ?

पालिका डायरी
१२ असार २०७९, १५:१४
सांसदको प्रश्न : सिंहदरबारबाट एलपी ग्यास कहिले विस्थापित हुन्छ?

सांसद खगराज अधिकारीले सिंहदरबारबाट एलपी ग्यास कहिले विस्थापित हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन्।

संसदमा बोल्दै सांसद अधिकारीले एलपी ग्यास विस्थापितबारे सरकारको योजना माग गरे। उनले भने, ‘सिंहदरबारबाट एलपी ग्याँस कहिले विस्थापित हुन्छ? त्यो कुरा पनि माननीय उद्योग मन्त्रीज्यूले स्पष्ट पारिदिनुहुन्थ्यो कि? मिति स्पष्ट आएन।’

सो क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले पहिलो चरणमा सिंहदरबारस्थित सरकारी कार्यालयहरुबाट एलपी ग्यास प्रयोगको वैकल्पिक उपाय अवलम्बन गर्ने नीतिगत व्यवस्था गरिएको बताए।

एलपी ग्यासको घरायसी एवम् व्यवसायिक प्रयोजनका लागि अलग अलग मूल्य कायम गर्न उपसमिति गठन गरिएको मन्त्री बडूले जानकारी दिए।

प्रतिक्रिया