यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आवश्यक सिप तथा आय मुलक २ दिने छलफल हेटौंडामा सुरु

पालिका डायरी
११ असार २०७९, १५:२३

यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आवश्यक सिप तथा आय मुलक २ दिने छलफल कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सुरु भएको छ । प्रदेशका यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आयमुलक सिप विकासका तालिम तथा अवसरको व्यवस्थापन मिलाउने उदेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको फेण्ड्स हेटौंडाकी संयोजक किरण थापाले बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका १३ बटै जिल्लाका यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिककहरुले आफ्ना समस्या र भोलीको दिनमा आवश्यक पर्ने कदमहरुको बारेमा आफ्ना भनाई राखेका थिए । बागमती प्रदेश युवा परिषद् तथा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा फेण्ड्स हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको आतिथ्यतामा भएको थियो ।

छलफल कार्यक्रममा यौनीक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरु, रिकभरिङ्ग सेन्टरका प्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो । दुई दिने कार्यक्रम अन्र्तगतको कार्यक्रम आइतबार समापन हुने फेण्ड्स हेटौंडा, मकवानपुरकी संयोजक किरण थापाले बताइन् ।

प्रतिक्रिया