नगरकार्यपालिकाका सदस्यहरु उपस्थित नभएपछि नगर सभा स्थगित
राम कुमार दानी
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको नेकपा एमाले बाट निर्वाचित नगरकार्यपालिकाका सदस्यहरु उपस्थित नभएपछि आज हुने भनेको नगर सभा स्थगित भएको छ ।
नगर सभाको बिषयमा नेकपा एमालेको स्पस्ट बहुमत हुदाहुदै पनि जनताको भावना बिपरित एक पक्षीय रुपले बजेट पास गर्न खोज्दा स्थगित भएको हो । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्यहरुले बजेटको बिषयमा कुनैपनि छलफल नगरिकन नगरसभामा पेस गर्न लागिएको कारण हामी उपस्थित नभएको बताएका छन ।
आर्थिक बर्ष २०७९/८० को बजेटको बिषयमा कुनै पनि सल्लाह नगरी नगर सभामा लगिएकोले आजको नगर सभा स्थगित भएको हो नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नमर १५ का वडा अध्यक्ष तथा प्रमुख सचेतक सुनिल मुक्तानले बताए ।
नेकपा एमाले पार्टी कार्यलयमा भएको छलफल कार्यक्रममा प्रमुख सचेतक मुक्तानले चरण चरण छलफल गरेम नगर सभा सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त थियौ जनताको भावना अनुरुपको कार्यक्रम आउँछ ल्याउछौ भनेको तर मेयर उपमेयरहरु सङ्ग छलफल गर्दा पनि कुरा सहमती नजिक थियो अन्तिममा मेयर लामाको सल्लाह अनुसार उहाँको आफ्नै कार्यकक्षमा छलफल गर्दा स्वाभाब र ब्याबहारको कारण आजको नगर सभा स्थगित भएको हो मुक्तानले भने ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्यहरु नगर सभाको बैटक स्थगित भएको घोषणा भए सङ्गै एमाले पाटी कार्यलयमा जम्मा भएका थिए ।
एमाले मकवानपुरको सभाहलमा जम्मा भएको एमाले जनप्रतिनिधिहरुलाई एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठले जनताको दैनिक सेवामा काम गर्न गएको एमाले जनप्रतिनिधिको बिरुद्द मेयर उपमेयरले जनताको भावना बिपरित अगाडि बढे पछि एमालेले समर्थन गर्न नसकेको हो उनले भने ।
श्रेष्ठले हेटौंडा उपमहानगरको नगर सभा हिजो देखिनै स्थगित हुने अबस्था थियो नगरको मेयर उपमेयरले एमालेको स्पष्ट बहुमत हुदा हुँदै पनि आफ्नो ढङ्गले अगाडि बढेको उनको आरोप छ मेयर उपमेयरले निरङ्गकुस ढङ्गले आफुखुसि निर्णय गरेको अध्यक्ष श्रेष्ठको आरोप छ ।
अध्यक्ष श्रेष्ठले नगरपालिकाले नगरको विषयगत समितिहरुनै निर्माण नगरी अगाडि बढ्दा आज यो नगर सभा स्थगित भयको हो अध्यक्ष श्रेष्ठले भने । हामिले पटक पटक सहमती खोज्ने प्रयास गरेम तर मेयर उपमेयरले जनताको भावना भन्दा फरक ढङ्गले ल्याएको नीति तथा कार्यक्रम एमालेले मान्न नसक्ने श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेस्वर राना लागाएत उपमहानगरको एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरुको उपस्थिथी रहेको थियो