आईतबार सम्मको लागि स्थगित भयो हेटौंडा नगरसभा

पालिका डायरी
१० असार २०७९, १५:०३

 हेटौँडा / हेटौँडा उपमहानगरपालिकाको नगरसभा बहुमत नपुगेपछि स्थगित भएको छ ।

नेकपा एमालेले राखेको मागलाई कुनै संवोधन नगरि पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेकपा एमालेले आज आयोजना गरिएको ११ औँ नगरसभामा उपस्थिती नजनाएपछि नगरसभामा बहुमत नपुगेको हो ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले गणपुरक संख्या नपुगेको भन्दै आइतबार सम्मको लागि नगरसभा स्थगित भएको हो । ९७ जना नगरसभा सदस्य रहेको सभामा ४० जनाले मात्र हस्ताक्षर गरेको मेयर लामाले जानकारी दिईन् । दिउसो २ बजेसम्म एमालेसँगको वार्ता निचोडमा नपुगेपछि मेयर लामाले नगरसभा स्थगित गरेकी हुन् ।

प्रतिक्रिया