एमालेको अडानले सुरु भएन हेटौंडाको नगर सभा

हेटौंडा / आज बिहान १० बजे हुने भनिएको हेटौंडा उपमहानगरपालिकाको नगर सभा तथा एघारौं अधिबेशन अझै सुरु हुन सकेको छैन । बहुमतमा रहेको नेकपा एमालेका कार्यपालिका सदस्यहरुले सभा संचालन गर्न नदिने अडान राखेर सभा कक्षमा प्रवेश नगरेपछी सभा सुरु हुन नसकेको हो ।
आफ्ना माग पुरा नभए सभा चल्न नदिने एमालेका एक कार्यपालिका सदस्यले बताए । हाल सभा हुने स्थलमा नगरपालिकाका कर्मचारी, सत्ता गठवन्धनका जनप्रतिनिधिहरु रहेका छन् भने सभा बाहिरको छुट्टै स्टलमा एमालेका कार्यपालिका सदस्यहरु तथा अन्य जनप्रतिनिधिहरु रहेका छन् । आफ्ना कुराहरुको सम्बोधन नभए नगर सभा हुन नदिने अडान एमाले पक्षको छ । यधपी, छलफल गरेर कुरा टुंग्याउने गठवन्धनका नेताहरूले बताएका छन् । कसरी विवाद टुंगो लगाउने भन्दै जिल्लाका शिर्ष पार्टी नेताहरु हेटौंडा १ को मोटल एभोकाडोमा छ्लफलमा रहेको स्रोतले बताएको छ ।