अर्थतन्त्रप्रति चिन्ता जनाउँदै गोकुलले भने- गठबन्धन अमर रहोस् !

पालिका डायरी
१० असार २०७९, १२:०८
आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ : गोकुल बास्कोटा file photo

काठमाडौं / पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वर्तमान सरकार आएपछि डलर सञ्चिति आधा भएको बताएका छन् । ट्वीटरमार्फत देशको अर्थतन्त्रबारे चिन्तित हुँदै उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

‘राष्ट्रिय उत्पादकत्वमा टेवा दिने उद्योगमाथि सरकारले योजनाबद्ध रूपमा करका दरमा तलमाथि गरेको राष्ट्रघाती कदमले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नहुने नै भयो,’ उनले लेखेका छन्, ‘पर्यटन यसै ध्वस्त छ । यो सरकार आएपछि डलर सञ्चिति आधा भैसक्यो । विप्रेषणले मात्र देश थेगिएला ? अरु केही नगरे पनि गठबन्धन अमर रहोस् !’

प्रतिक्रिया