पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी, सडक खुलाउने प्रयास हुँदै

पालिका डायरी
१० असार २०७९, ११:५६
डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो file photo

लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ ।

बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका छन् । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।

पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध छ ।

प्रतिक्रिया