हेटौंडा उपमहानगरः बहुमत कार्यपालिका सदस्यसंग छलफलनै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा एमालेको असन्तुष्टि

पालिका डायरी
९ असार २०७९, १९:०१

हेटौंडा / हेटौंडा उपमहानगरपालिकामा जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुसंग कुनैपनि छलफलनै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा असन्तुष्टि ब्यक्त गरिएको छ ।

उपमहानगरपालिकामा बहुमत रहेका कार्यपालिका सदस्यहरुसंग भोली ल्याउन लागिएको बजेटका बिषयमा कुनैपनि छलफल नगरिकन नगरसभामा पेस गर्न लागिएकोमा एमालेबाट बिजयी कार्यपालिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई संबोधन गर्नेगरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बिचमा छलफल गरेर मात्र मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले बजेट ल्याउनुको सट्टा छलफलनै नगरिएको एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताउनुभयो ।

बजेट निर्माण गर्दा बिभीन्न बिषयगत समितिमा छलफल नगरिएको, कार्यपालिका बैठकले पास नगरिएको, चुनाबका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यबिधि संसोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका वियमा असन्तुष्टि रहेको सिग्देलले बताउनुभयो ।
यसैबिषयमा आज उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्वन्धी बैठक कार्यबिधि संसोधनका लागि ५४ जना नगरसभाका सदस्यहरुले दर्ता गराउनका लागि निवेदन दिदा समेत दर्ता गर्न समेत अस्वीकार गरिएको बताइएको छ । एमालेका प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ सहितको बैठकले सहमती र सहकार्यबाट मात्र बजेट ल्याउनका लागि नगरका मेयर र उपमेयरलाई आग्रह गरिएको छ ।
एमालेका नगरसभाका सदस्यहरुले आफुहरु जनपक्षिय बजेटको पक्षमा रहेको बताउँदै छलफल र सहकार्यका ढोका खुल्ला गरिएकाले यसै अनुसार बजेट पेस गर्नका लागि आग्रह गरिएको एमालेका नगरसभाका सदस्यहरुले बताएका छन् ।

उपमहानगरपालिकाका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना बिपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताउनुभयो । सहकार्य र छलफलका लागि एमालेका तर्फबाट हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको संयोजकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । जसमा सदस्यहरुमा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा रहनु भएको छ ।

प्रतिक्रिया