गाँजा खेती गरे विदेशी पैसा बुझाउन नेपालमै आउँछन्ः सांसद तामाङ

पालिका डायरी
९ असार २०७९, १४:३५
गाँजा खेती गरे विदेशी पैसा बुझाउन नेपालमै आउँछन्ः सांसद तामाङ

एमाले सांसद् शेरबहादुर तामाङले गाँजा विधेयक अघि बढाउन माग गरेका छन्।

बिहीबार विशेष समयमा सांसद् तामाङले आफूले दर्ता गरेको विधेयक दुई वर्ष पाँच महिनादेखि सदनम अलपत्र परेकाले त्यसलाई तत्काल अघि बढाउन माग गरेका हुन्।

उनले संसदको नियमअनुसार निजी विधेयकका रूपमा गाँजा खेतीलाई खुला गर्ने विधेयक ल्याएपनि अघि नबढ्दा आफ्नो अधिकार हनन् भएको गुनासो गरे। ‘संसदमा हामी सांसदले उठाएका कुरा कति कार्यान्वय हुन्छ? दुई वर्ष पाँच महिना बितिसक्यो मैले गाँजा खुला गर्न विधेयक ल्याएको, उनले भने, ‘मेरो अधिकार हनन् भो कि भएन? म भन्न कहाँ जाऔँ? जनता पीडामा छन्, अभावमा छन्। स्रोत साधनको कमी छ। विदेशमा काम गर्न जान्छन्।’

उनले बिहीबार पनि गाँजा खेतीको फाइदाबारे संसदमा बहस गरे। कमजोर अर्थतन्त्र रहेको नेपालको विकासका लागि गाँजा खेती एउटा स्रोत हुने उनको दाबी छ।

सांसद तामाङले भने, ‘गाँजा खेतीबाट रोजगारीको सिर्जना हुन्छ। विदेशमा पैसा लिन जानु पर्दैन, विदेश बुझाउन आउँछन्। हामीसँग भएको स्रोत साधनको प्रयोग गर्न नपाउने?’

साढे दुई वर्षअघि सदनमा दर्ता गरेको विधेयक छलफलमा ल्याउन माग गरे। ‘गाँजा खेतीका लागि बनेको विधेयक छलफलमा ल्याउन आग्रह गर्दछु। विदेशमा अत्याधिक माग छ। नेपालमा बाँझो रहेको जमिनलाई खेतियोग्य बनाउनका लागि गाँजा खेती गरौँ’, उनले भने।

प्रतिक्रिया