केही घण्टामै मन्त्रीहरु फेर्दैछौँ : एकीकृत समाजवादी

पालिका डायरी
९ असार २०७९, १४:२८

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ। एकीकृत समाजवादीको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे।

उनले भने, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ।’

पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ छ। एकीकृत समाजवादीका मन्त्रीहरूले बिहीवार बिहान अध्यक्ष माधव कुमार नेपाललाई भेटेका थिए। अध्यक्षसँग मन्त्रीले भेट्दैमा निर्णय कार्यान्वयनबाट पार्टी पछि नहट्ने खतिवडाको भनाइ छ।

‘को व्यक्तिले कहाँ कससँग भेट्यो भन्नेले अर्थ राख्दैन,’ उनले भने।

जेठ २२ गते एकीकृत समाजवादीका मन्त्रीहरूलाई फिर्ता बोलाउने उक्त पार्टीले निर्णय गरेको थियो। तर, दुई हप्ता भन्दा बढी समयसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन।

 

प्रतिक्रिया