युवा वैज्ञानिक सम्मेलन आजदेखि सुरु

पालिका डायरी
९ असार २०७९, ११:३५
युवा वैज्ञानिक सम्मेलन आजदेखि सुरु

राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७९ आजदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष हुँदै आएको वैज्ञानिक सम्मेलन यस पटक जनकपुरधाममा हुन लागेको हो ।

गत वर्ष प्रदेश १ मा आयोजना गरिएको थियो । आज र भोलि हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गर्दैछन् ।

मुझेलियास्थित होटल राजदरबारमा आयोजना हुने सम्मेलनमा सातैवटा प्रदेशका १५० जना सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया