भीमफेदी कारागारमा ३४ वर्षीय कैदीको मृत्यु

पालिका डायरी
८ असार २०७९, १७:१३

हेटौंडा / मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय करागारमा लागूऔषध मुद्दामा रहेका मिलन परियारको मृत्यु भएको छ । ३ वर्षदेखि कैदी जीवन बिताइसकेका हेटौंडा—२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७६ जेठ २ गतेदेखि ७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले जानकारी दिए ।

हालसम्म परियारको पोस्टमार्टम हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
1589630540bhimfedi karagar.jpg