स्वतन्त्रको नाममा राजनीतिक दल दर्ता गर्न पाईंदैन : घोषित स्वतन्त्र उम्मेदवारहरु
हिजो दिउँसो घोषणा गरिएको रवि लामिछानेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ २४ घण्टा नबित्दै विवादमा परेको छ । स्वतन्त्र उम्मेदवारहरुलाई आघात पुग्नेगरी पार्टीको नामाकरण गरेपछि उक्त पार्टी विवादमा परेको हो ।
उक्त पार्टीको नामप्रति आपत्ति जनाउँदै आगामी आमनिर्वाचनको निम्ति अहिले नै स्वतन्त्र उम्मेदवार घोषणा गरेकाहरुले केही बेरअघि निर्वाचन आयोग, कान्तिपथमा निवेदन दर्ता गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार घोषणा गरेका राजनन्द माण्डव्य, काभ्रे २ का मनोज पण्डित, बारा ४ का नेजारुक क्षेदा र दोलखाका पुष्कर शाहलगायतले लामिछानेको नयाँ दललाई मान्यता दिन नहुने भन्दै आयोगमा निवेदन दर्ता गरेका हुन् ।
लामिछानेको पार्टीको नामप्रति आपत्ति जनाउँदै विरोधमा स्वतन्त्र उम्मेदवारी अभियानले पनि आयोगमा उजुरी दर्ता गराएको छ ।
प्रतिक्रिया





