मेलम्चीकाे विकल्प : सिस्नेरी खोलाबाट दैनिक १५ कराेड लिटर पानी काठमाण्डाैमा

पालिका डायरी
८ असार २०७९, ११:५१
मेलम्चीकाे विकल्प : सिस्नेरी खोलाबाट दैनिक १५ कराेड लिटर पानी काठमाण्डाैमा

काठमाण्डौ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रुपमा मकवानपुरमा रहेको सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी काठमाण्डौ ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि खानेपानीमन्त्री उमाकान्त चौधरीले त्यो ठाउँको स्थलगत भ्रमण गर्नुभयो । स्थलगत अध्ययनपछि चौधरीले पाइपलाइन बिछ्छयाएपछि दैनिक ६ करोड लिटर पानी काठमाण्डौ ल्याउन सकिने बताउनुभयो ।

मेलम्चीको विकल्पका रुपमा यो आयोजनालाई अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया