लामिछानेको पार्टी बाबुराको नयाँ शक्ति जस्तो: बिद्यार्थी नेता अस्लामी
हेटौंडा / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु केन्द्रिय सदस्य आशिष अस्लामीले रबि लामिछानेले घोषणा गरेको पार्टि बाबुरामको नया शक्ति पार्टी जस्तै भएको र स्वतन्त्र रहन चाहने जनताको अधिकार खोसेको टिप्पणी गरेका छन् ।
काठमाडौमा एक भेला गरेर रबि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पछि अस्लामीले यस्तो टिप्पणी गरेका हुन् । आम जनमानसमा दल र स्वतन्त्र भन्ने बुझाइ प्रती नै ब्ल्याक मेल गर्ने उद्देश्यले यस्तो लामिछानेले पार्टी घोषणा गरेको उनको आरोप छ । उनले स्वतन्त्र नागरिक अब दल बिना लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमा सहभागी हुन चाहेमा निर्वाचनमै असर पर्ने उनको बुझाइ छ । उनी नेकपा एमालेको जन संगठन अनेरास्ववियुको केन्द्रिय सदस्यको जिम्मेवारीमा छन् र उनी आफू आवधिक, शान्तिपुर्ण निर्वाचन मार्फत जनताको मन जितेर सरकार संचालन गर्नुपर्ने बिश्वास राख्छन् ।
लामिछाने प्रती टिप्पणी गर्दै अस्लामीले धरानको हर्क साम्पाङ र काठमाडौ मेयर बालेन हेरेर निर्वाचनमा सहभागी हुन चाहेको तर जनताको स्वतन्त्र अधिकार खोस्ने गरि नाम दावी गर्नु लोकतान्त्रिक व्यवस्था माथी नै भद्दा मजाक भएको बताएका छन् । उनले पार्टिको नाम अरु केही राखेर परिवर्तित नाममा निर्वाचन आयोगमा दर्ता गराउन आग्रह गरेका छन् ।