मकवानपुरका भट्टराई एसिया डेभलपमेन्ट लिडरसिप अवार्डबाट सम्मानित

पालिका डायरी
७ असार २०७९, १९:३२

राज कुमार के.सी.

मलेसिया स्थित बिश्वभर अनुसन्धान खोजमा कार्य गर्दै आएको रिसर्च अण्डर लिटरल एक्सेस नामक संस्थाले मकवानपुर हेटौंडाका सुरेन्द्र भट्टराइलार्ई अनतरराष्ट्रिय अवार्ड सहित सम्मनित गरेको छ । भट्टराई एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड २०२२ बाट सम्मानित भएका हुन् ।

बिभिन्न ५० भन्दा बढी बिधामा प्रदान गरिने अवार्डमा नेपालको तर्फबाट भट्टराई सम्मानित हुनुभएको हो । वल्र्ड रिसर्च कंग्रेससंग आवद्ध रिसर्च अण्डर लिटरल एक्सेसले बिभिन्न सामाजिक अन्तरगतका बिधाहरुमा अवार्ड प्रदान गर्दे आएको छ । बिभिन्न ७ चरण र १० मापदण्डको आधारमा अवार्डको घोषणा गरिन्छ ।
भट्टराईलाई नेपाल सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

भट्टराई २० बर्ष सरकारी सेवामा कार्यरत अवकाशप्राप्त कर्मचारी हुन् । उहाँले बिकासको नेतृत्व गर्ने तत्कालिन गाबिसहरुमा रहेर बिकास ब्यबस्थापन र योजना सम्बन्धी कार्य गरेको, स्थानिय निकायमा जनप्रतिनिधिहरु नभएको समयमा स्थानिय तहलाई नेतृत्व गरी बिकासका गतिविधिलाई सञ्चालन गरेको कारण सम्मनित गरिएको हो ।

भट्टराई करिब १२ बर्ष स्थानीय निकायमा कार्य गरि ५ बर्ष विश्व बैंकद्धारा सञ्चालित ग्रामिण विकास सम्वन्धी परियोजनामा कार्य गर्नुभएको थियो । उहाँले २ बर्ष बाग्मती प्रदेश योजना आयोगमा अधिकृतको रुपमा काम गरेर सरकारी सेवाबाट स्वेच्छिक अबकाश लिएका थिए ।

साथै भट्टराईले बागमती प्रदेशमा रहँदा प्रदेशको पहिलो पञ्चबर्षिय योजना निर्माण र दिगो बिकसको लक्ष्यहरुको स्थानियकरण गर्ने काममा महत्वपुर्ण जिम्मेवारी लियका थिए भने बागमती प्रदेश पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको सदस्य सचिब समेत भएर काम गरेको थिए ।

मकवानपुर बहुमुखी क्याम्पसबाट साजशास्त्रमा स्नातकोत्तर गरेका भट्टराईले स्थानीय निकायमा मानव श्रोत बिकास सम्बन्धी बिषयमा भारतको रास्ट्रिय ग्रामिण बिकास संस्थान र नेदरल्यान्डको वागेनियन युनिभर्सिटी एण्ड रिसर्चबाट दिगो बिकासका असरको ब्यबस्थापन सम्बन्धी बिषयमा समेत अध्ययन गर्नुभएको छ ।

प्रतिक्रिया