हेटौंडा अस्पतालको लापरबाही विरुद्ध प्रदर्शन, मेसुलाई युवाहरुले घेरे

पालिका डायरी
६ असार २०७९, १५:२८
हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना

हेटौंड / हेटौंडा अस्पतका मेसु डाक्टर रामचन्द्र सापकोटालाई जनताले घेरेका छन् ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीले खेप्नु परेको सास्तीको विरुद्ध अस्पतालमा नागरिकले आन्दोलन थालेका छन् । विरोध स्वरुप अस्पतालमा हेटौंडामा स्वतन्त्र युवाले धर्ना दिएका छन् भने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सापकोटालाई घेरेर आक्रोस पोखेका छन् ।

उनिहरुले अस्पतालमा मन्लाग्दी भैरहे जनताले नै कर्मचारी र स्वास्थ्यकर्मिलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् । अस्पतालमा टोकन काट्नदेखि चिकित्सकलाई देखाउन र औषधि लिदासम्म ३ दिनदेखि ४ दिनसम्म लाग्ने गर्छ । अस्पताल प्रशासनको बेवास्ता र गैर जिम्मेवारीपनका कारण अहिले अस्पतालमा बिरामिले सहजरुपमा उपचार पाउन सकेका छैनन् ।

प्रतिक्रिया