मकवानपुरमा बन्द भएको परिचयपत्र विवरण संकलन आजबाट सुरु

पालिका डायरी
६ असार २०७९, १३:०९
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौँडा / असार २ गते चट्याङ परेर राउटर सहित मेसिन विग्रिएपछि बन्द भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सोमबार (आज) देखि पुनः सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै विवरण संकलन पुनः हुने जानकारी गराएको हो ।

असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य असार ६ गते सोमबार देखि पुनः संचालन गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया