पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै पृथ्वीराजमार्ग बस सञ्चालक समितिले बढायो भाडा

पालिका डायरी
६ असार २०७९, १२:२९
पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै पृथ्वीराजमार्ग बस सञ्चालक समितिले बढायो भाडा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै यातायात व्यवसायीहरुले मनोमानी ढंगले गाडी भाडा बढाउन थालेका छन् । पृथ्वीराज मार्ग बस सञ्चालक समितिले आजैदेखि लागु हुनेगरी भाडा बढाएको हो ।

सञ्चालक समितिले सोमबारदेखि लागु हुने गरी १५ प्रतिशत भाडा वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मुल्य वृद्धिभए लगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गर्नुपर्ने भएपनि व्यवसायीहरुले आफु खुशी भाडा बढाएका हुन् ।

आजदेखि पृथ्वीराजमा कम्पनीबाट चल्ने सबै यातायातका साधनमा भाडा बढेको छ । यसअघि पनि कम्पनीले आफुखुशी भाडा बढाएको थियो ।

प्रतिक्रिया