बहराइनले दियो नेपाललाई १५ रनको लक्ष्य

पालिका डायरी
६ असार २०७९, ११:४६
बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी file photo

एसीसी महिला टि-२० च्याम्पियनसिपमा बहराइनले नेपाललाई १५ रनको लक्ष्य दिएको छ।

किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन मात्र जोड्न सक्यो। बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्।

वर्षाका कारण खेल ७/७ ओभरमा घटाइएको थियो। कविता कुँवर, सबनम राईले दुई/दुई विकेट लिँदा अस्मिना कमाचार्यले १ विकेट लिएका थिए।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। समूह ‘बी’मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ।

 

नेपालले २ खेलमा ४ अंक जोडेको छ। बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ। बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ। नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ।

प्रतिक्रिया