वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द

पालिका डायरी
६ असार २०७९, ११:२६
वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द

वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द भएको छ ।

पाँचौँ तथा अन्तिम निर्णायक खेल वर्षाको कारण रद्द भएपछि श्रृङ्खला २–२ को बराबरीमा सकिएको छ । चिन्न्यास्वामी स्टेडियम बेङ्ग्लोरमा टस हारेर ब्याटिङ गरेको भारतले ३ ओभर ३ बलमा २ विकेटको क्षतिमा २८ रन बनाएको थियो ।

श्रेयस ऐर र कप्तान ऋषभ पन्त क्रिजमा थिए । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन । भारतका इशान किशन ७ बलमा २ छक्कासहित १५ रनमा आउट भए । ऋतुराज गायकवाडले १२ बलमा १० रन जोडे ।

दक्षिण अफ्रिकाकाे दुवै विकेट तीव्र गतिका बलर लुन्गी एनगिडीले लिए । पहिलो टी-२० मा दक्षिण अफ्रिका ७ विकेटले र दोस्रो खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको थियो । श्रृङ्खलामा २–० को अग्रता लिए पनि त्यसपछि दुई खेल ४८ रन र ८२ रनले गुमाउँदै २–२ को बराबरीमा पुगेको थियो ।

प्रतिक्रिया
IND-SA-Trophy-2_erAnfyDDmd