चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

पालिका डायरी
५ असार २०७९, १४:५५

चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघ मृत फेला परेको छ ।

वीरगञ्ज-ठोरी हुलाकी सडकदेखि करिब ५०० मिटर उत्तरतर्फ ठोरी गाउँपालिका-२ सँग सटेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भाले बाघ मृत फेला परेको निर्मल-ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको बाघको अवस्था हेर्दा दुई वटा बाघ एकआपसमा जुध्ने क्रममा एउटा मरेको हुन सक्ने अध्यक्ष बस्नेतले बताए ।

बस्नेतका अनुसार दीपानगर रेन्जपोस्टको टोलीले उक्त बाघ मृत फेला पारेका हुन् । मृत फेला परेको बाघ अन्दाजी १०/१२ वर्षको जस्तो देखिने उनले बताए ।

प्रतिक्रिया