निर्वाचन आयोगले गर्यो संघको चुनाव एकैचरणमा गर्न दुई मिति प्रस्ताव

पालिका डायरी
५ असार २०७९, १४:४६
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

निर्वाचन आयोगले संघीय चुनाव एकै चरणमा गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । आइतबार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अन्तर्गत आगामी कात्तिक २७ र मंसिर १० गते एकै चरणमा मतदान गर्नको लागि सरकार समक्ष दुई वटा मिति प्रस्तावित गरेको हो ।

सरकारले भने हालसम्म संघीय चुनाव कहिले गर्नेबारे ठोस निर्णय गरेको छैन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति तय गर्ने विषयमा छलफल भएको थियो । यता आयोग भने संघीय चुनावको तयारीमा जुटिसकेको छ ।

प्रतिक्रिया