चारकिलाेमा पहिराे खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द

पालिका डायरी
४ असार २०७९, १५:३८

नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएकाे छ । जसका कारण यात्रुले सास्ती बेहाेर्दै आउनुपरेकाे छ ।

प्रतिक्रिया