शेयर कारोबार आज १ बजेसम्म मात्रै, आगामी साताबाट ६ दिन बजार खुल्ने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आज शुक्रबार २ घण्टा मात्रै शेयर कारोबार सञ्चालन गर्ने भएको छ ।
अब सातामा ३ दिन शेयर कारोबार सञ्चालन हुने भएपछि शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार सञ्चालन हुने भएको हो । आइतबारदेखि विहीबारसम्म भने बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार सञ्चालन हुनेछ ।
आइतबारदेखि विहीबारसम्म शेयर कारोबार सञ्चालन हुँदै आएकोमा सरकारले जेठ १ गतेदेखि २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन गरिएको थियो ।
तर असार १ गतेबाट पुनः साताको शनिबारमात्रै बिदा हुने निर्णय गरेसँगै नेप्सेले पनि साताको ६ दिन शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी सातादेखि शेयर बजार आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन सञ्चालन हुनेछ ।
प्रतिक्रिया