रवि लामिछाने अब राजनीतिमा

पालिका डायरी
२ असार २०७९, १५:५१
रवि लामिछाने अब राजनीतिमा ? file photo

पत्रकार रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । त्यसका लागि उनले ग्यालेक्सी फोर के टेलिभिजनसमेत छाडेका छन् ।

लामितछानेले उक्त टेलिभिजनबाट औपचारिक रुपमा विदा भैसकेको जनाएका छन् ।राजनीतिमा सक्रिय हुने उनको तयारी छ । यद्यपी, आफू कुन राजनीतिक दलबाट उम्मेदवार बन्न लागेको भन्ने कुरा भने खुलाएका छैनन् ।

लामिछानेले असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर यस बारेमा स्पष्ट पार्ने बताएका छन् । राजनीतकि वृत्तमा भने उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अनुमान गरिएको छ ।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अनुमान गरिएको हो ।

लामिछानेले काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया