कुटपिटको आरोपमा लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा 

पालिका डायरी
३१ जेष्ठ २०७९, १६:४७

मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित बसपार्क रहेको एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरले जानकारी दिए। वलीलाई अहिले इलाका प्रहरी कार्यालयमा नै राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

वली बिहान सुरक्षा गार्ड सहित घरमा आएर ‘मेरो एकराज खोइ’ भन्दै आफू र छोरीमाथि हातपात गरेको एकराज बस्नेतकी श्रीमती मीना भण्डारीले बताइन्। मन्त्रीले बस्नेतको घरमा आएर आतङ्क मच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

नेकपा (एमाले) का नेता उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि विमला तत्कालीन नेकपाबाट दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। नेकपा फुटेपछि उनले नेकपा (माओवादी केन्द्र) रोजेकी थिइन्।

प्रतिक्रिया