३ दिनभित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याइने छ : मेयर साह

पालिका डायरी
२९ जेष्ठ २०७९, २०:२२
sf7df8f}+ dxfgu/kflnsfn] ;8ssf] w’nf] a9fg{ d+unaf/b]lv kfFrj6f A?d/ ;~rfngdf NofPsf] 5 .kfFrj6f A?d/ km/s km/s ?6df ;8s a9fb}{ u’8fpg yfn]sf] dxfgu/kflnsfn] hgfPsf] 5 . 6]s’af6 5’6g] kfFrj6f A?d/ km/s km/s ?6df ;8s a9fb}{ cl3 a9g]5g .tl:a/ Oln6 hf]zL

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

आज आइतवार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । त्यो समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरूले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने मेयर साहले बताउनुभयो । विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमवार बैठक बसेर समन्वय बढाइने उहाँले बताउनुभयो । बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा मेयर साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताउनुभयो । समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उहाँले बताउनुभयो । साहले भन्नुभयो, ‘साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।’

उपमेयर सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताउनुभयो । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उहाँको भनाइ छ । बैठकले नगर सभाको ११ औँ अधिवेशन आउँदो असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपमेयर डङ्गोलको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ ।

बैठकमा मेयर साहले पेस गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ । सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर हुनुहुन्छ ।

यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजक रहनुभएको छ ।

बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरूले समुदायस्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राख्नुभएको थियो । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनका विषयमा वडा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा मेयर साहले कार्यपालिका सदस्य मीना सुनारलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो ।

प्रतिक्रिया