सांसदकाे गुनासाे : प्रहरीले सलाम गरेन, क्यान्टिनले ढिला खाना दियाे !

पालिका डायरी
२७ जेष्ठ २०७९, १४:१३
सांसदकाे गुनासाे : प्रहरीले सलाम गरेन, क्यान्टिनले ढिला खाना दियाे !

काठमाडौँ / जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले संसदमा पूर्वकानुनमन्त्री शिवमाया तुम्बाहाम्फेकाे समयकाे जस्ताे वातावरण बनाउन आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद गुरुङले संसद भवनको क्यान्टिनमा खाना ढिलो दिएको, गुणस्तर नभएको, प्रहरीले सलाम नगरेको भन्दै गुनासो गर्दै उनले सांसदलाई कानून बनाउने वातारण नभएको बताएकी छन् ।

उनले भनिन्, ‘सांसद पनि मान्छे हो, भोक, तिर्खा र थकाइ लाग्छ, क्यान्टिनमा ढिला सुस्ती र खानामा लापरबाही भएको देखिन्छ, शौचालयमा भूँइभरी पानी छ ।

त्यस्तै, उनले पानी पिउन जाँदा गिलास समेत नभेटिने गरेकाे बताइन् । ‘पानी पिउन जाँदा गिलास हुँदैन, हामी यसभवनभित्र जताततै घुम्न पाउनुपर्छ’, उनले भनिन्, ‘सुरक्षाकर्मीले पनि कहिले अभिनन्दन गर्ने र नगर्ने लापरबाही छ ।’

प्रतिक्रिया