दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

पालिका डायरी
२५ जेष्ठ २०७९, १२:३७
जुवाको खालबाट कांग्रेस नेता, वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत पक्राउ file photo

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया