मकवानपुर गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

पालिका डायरी
२४ जेष्ठ २०७९

हेटौंडा / हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जीतमा एकमात्र निर्णायक गोल भरत शाहले गरेको थिए । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ मस्र्याङदीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमरावीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
1654605957